आइएमई लाइफइन्स्योरेन्स र कैलाशविकास बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आइएमई लाइफइन्स्योरेन्स र कैलाशविकास बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता



काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाशविकास बैंक लिमिटेड काठमाडौँबीच बैंक अस्योरेन्स सम्झौताभएको छ । उक्तबैंक अस्योरेन्स सम्झौतामाआइएमई लाइफइन्स्योरेन्स कम्पनीकातर्फबाट प्रमुखकार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र कैलाशविकास बैंक लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

सो बैंकअस्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंककाग्राहकहरुले कैलाशविकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमाआइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धीजानकारी प्राप्तगर्न सक्नु हुनेछ ।

आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६७भन्दा बढी शाखामार्फत सेवाप्रदानगर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमाल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथाआजिवनलगायतकाबीमा योजनाहरू ल्याएको छ ।

आइ.एम.ई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दान्यूनआयभएकाशहरी तथा ग्रामिण भेगकाव्यक्तिहरुको समेत जीवनबीमामापहुँच पु¥याई नेपालमाजीवनबीमाबिस्तार गर्नु रहेको छ ।
धन्यवाद !

प्रकाशित : १ फाल्गुन २०७५, बुधबार १३:३२