नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद आयो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद आयो



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रति शेयर एक सय रुपैयाँ अंकितका ४० लाख १४ हजार ६१५ कित्ताको हकप्रद शेयर निष्कासन गरेको छ । यही माग २५ गतेभित्र कारोबार गरेका शेयरधनीले यसको हकप्रदमा आवेदन दिन पाउने भएका छन् ।

यो कम्पनीले एक कित्ता शेयर बराबर ०.६५ कित्ता (अर्थात १ः०.६५)को अनुपातमा हकप्रद जारी गरेको छ । ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ चुक्ता पुँजी रहेको यो कम्पनीले ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर जारी गर्दै छ ।

यो कम्पनीले यही फागुन २१ गतेबाट चैत्र २५ गतेसम्म आवेदन दिन पाइने गरी शेयर निष्कासन गरेको हो ।

प्रकाशित : १ फाल्गुन २०७५, बुधबार ०९:२१