काठमाडाै । एसियन लाइफ इन्सुरेन्सले ६० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । यस हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
एसियनले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद बिक्री गर्न लागेको हो ।
Comment