सिभिल बैंककाे नाफा२३ करोड ९८ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल बैंककाे नाफा२३ करोड ९८ लाख



काठमाडौ ।  अाठ अर्ब ३३ लाख ९० हजार रुपैयाँ चुक्ता पूँजी रहेको सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा नियमकिय व्यवस्था पछिको नाफा २३ करोड ९८ लाख ८ हजार रुपैयाँ कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा २१ कारोड ६९ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी २ अर्ब ७४ करोड ७२ लाख ३४ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी १ अर्ब ६४ करोड ९२ लाख ६ हजार रुपैयाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९ करोड ८० लाख २७ हजार रुपैयाँ हुन जान्छ ।

बैंकले पुष मसान्त सम्ममा ४३ अर्ब ८ करोड ४५ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ५५ करोड ६ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप ६ अर्ब भन्दा बढीले बढाएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३६ अर्ब ९५ करोड ९७ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ३० करोड ७९ लाख ४८ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकको पूँजी कोष अनुपात १९ दशमलव ८६ प्रतिशत, खराव कर्जा ३ दशमलव ५४ प्रतिशत, कस्ट अफ फण्ड ८ दशमलव २० प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ३३ रुपैयाँ ९३ पैसा र प्रतिशेयर आम्दानी ९ रुपैयाँ १ पैसा रहेको छ ।

प्रकाशित : २९ माघ २०७५, मंगलवार ११:३५