सेञ्चुरी बैंककाे नाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेञ्चुरी बैंककाे नाफा कति ?



काठमाडांै।अाठ अर्ब ६ करोड ३४ लाख ३५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ४४ कराेड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३२ कारोड ५१ लख १ हजार रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा गत वर्षभन्दा १२ करोड रुपैयाँले बढेको छ ।

बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ३ अर्ब ९२ करोड ९ लाख ८३ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी २ अर्ब ५८ करोड १६ लाख २४ हजार रुपैयाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३३ कारोड, ९३ लाख ५९ हजार रुपैयाँ हुन जान्छ । गत वर्ष यस्तो आम्दानी ८९ करोड ६ लाख ९० हजार रुपैयाँ थियो ।

बैंकले पुष मसान्त सम्ममा ६४ अर्ब १२ करोड ७८ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ८९ करोड ८० लाख २४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप ११ अर्ब ९५ करोड ६ लाख ४५ हजार रुपैयाँले बढाएको छ। गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ६५ अर्ब ६८ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब ३६ करोड ६९ लाख ५९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकको पूँजी कोष अनुपात १४ दशमलव ६९ प्रतिशत, खराव कर्जा शुन्य दशमलव ८४ प्रतिशत, कस्ट अफ फण्ड ८ दशमलव ८९ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय २० रुपैयाँ ३४ पैसा र प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८५ पैसा रहेको छ ।

प्रकाशित : २५ माघ २०७५, शुक्रबार ११:२८