जनता बैंकको नाफा ९५.१९ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनता बैंकको नाफा ९५.१९ प्रतिशतले बढ्यो



काठमाडौं । जनता बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९५.१९ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले गत पुस मसान्तसम्ममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५ करोड ८६ लाख ७८ हजार रुपैयाँ खुँद नाफा कमाएको छ ।

यो बैकले चालू आवको ६ महिनामा कमाएको नाफा ५३ करोड ४ लाख १७ हजार रुपैयाँ छ । यस्तो नाफा अघिल्लो आवको सोही अवधिमा २७ करोड १७ लाख ३९ हजार रुपैयाँ रहेको पनि बैंकले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकले यो अवधिमा व्याज आम्दानीबाट ४ अर्ब ५ करोड रुपैयाँ कमाएको छ । यसले यो अवधिमा व्याजमा गरिएको खर्चवापतको रकम २ अर्ब ४७ करोड रुपैयाँ छ । यसको खुँद व्याज आम्दानी १ अर्ब ५८ करोड रहेको छ ।

यो बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा ६८ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ६३ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो बैंकले गत वर्षको सोही अवधिमा गरेको यस्तो निक्षेप संकलन ५२ अर्ब ८० करोड र सो वापताको ऋण लगानी ४८ अर्ब २६ करोड रुपैयाँ थियो । यो बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख रहेको छ ।

यसले जगेडा कोषमा ३ अर्ब ३ करोड रुपैयाँ राखेको छ । यो बैंकको पुँजी कोष १३.६९ प्रतिशत, खराब कर्जा अनुपात १.५३ प्रतिशत, सीसीडी रेसियो ७८.९८ प्रतिशत, आधार दर ११.४ प्रतिशत व्याजदार ४.५१ प्रतिशत र यसको प्रति शेयर आम्दानी १६ रुपैयाँ २ पैसा रहेको छ ।

प्रकाशित : २४ माघ २०७५, बिहीबार ०८:४३