प्रभु बैंककाे लाभांश प्रस्ताव परिमार्जन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंककाे लाभांश प्रस्ताव परिमार्जन



काठमाडाै । प्रभु बैंकले लाभांश प्रस्ताव परिमार्जन गरेको छ ।  बैंकले यस अघि ५ प्रतिशत बोनस र ५.२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा अहिले बोनस दर बढाएर ८ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो । यद्यपि बैंकले ८ प्रतिशत बोनस दरमा लाग्ने कर वापत ३ करोड ४६ लाख ६९ हजार २ सय ५७ वितरण गर्ने छ ।

यस संगै अब बैंकले ८ प्रतिशतले हुन् आउने ६५ करोड ८७ लाख १५ हजार ८ सय ८२ रुपैयाँ र सो को कर प्रयोजनको लागि  ३ करोड ४६ लाख ६९ हजार २ सय ५७ वितरण गर्ने छ । राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड रकम राख्न निर्देशन दिएपछि बैंकले लाभांश प्रस्ताव परिमार्जन गरेको हो  ।  बैंकको नयाँ प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ ।

प्रकाशित : २० माघ २०७५, आईतवार १४:५९