सिटिजन्स बैंककाे सेवा नयाँ सफ्वेयरबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंककाे सेवा नयाँ सफ्वेयरबाट



काठमाडौं । सिटिजन्स बैंकले आईतबार बाट आफ्नो सेवा नयाँ सफ्वेयरबाट सुरुवात गरेको छ । बैंकले अत्याधुनिक, छिटो र सुविधासम्पन्न सेवा उपलब्ध गराउनका लागि साविकको ‘पुमोरी आईभी प्लस’ सफ्टवेयर प्रतिस्थापन गर्दै ‘फिनाकल भर्जन १०.२.१०’ संचालनमा ल्याएको हो ।

आफ्नो कन्द्रिय कार्यालयमा एक कार्यक्रको आयोजना गर्दै बैंकका संचालक समितिका अध्यक्ष डा शंकर प्रसाद शर्माले सुचारु गरेका हुन । विश्वको करिव ४५ वटा मुलुकमा उक्त प्रविधिको प्रयोग गरेर बैैंकिङ सेवा दिँईदै आएको बैंकले जानकारी दिएको छ । यस्तै नेपालका अन्य वाणिज्य बैंकहरुले पनि यो प्रविधिको प्रयोग गर्दै आएका छन् । अत्याधुनिक ईन्टरनेट बैंकिङ्गको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित : २० माघ २०७५, आईतवार १४:४७