लक्ष्मी बैंकको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी बैंकको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडाै । लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ। माघ १४ गतेदेखि बैंकले साधारण सभाका लागि बुकक्लोज गर्ने भएकाले आइतबारसम्म कायम शेयरधनीले मात्र बोनस पाउनेछन् ।

बैंकको माघ २८ गते आह्वान गरेको अठारौं वार्षिक साधारण सभाले ६९ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनसको कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४५ प्रतिशत अर्थात ३ करोड ६७ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।

प्रकाशित : १३ माघ २०७५, आईतवार ०९:४८