नेपाल क्रेडिट एण्ड कमर्श बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीबिच बैंकासुरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल क्रेडिट एण्ड कमर्श बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीबिच बैंकासुरेन्स सम्झौता



काठमाडौ। नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्धार सेवा प्रणाली मार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने उद्धेश्यले सगरमाथा इन्स्योरेन्स कम्पनीसँग बैंकासुरेन्स सम्झौता गरेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि. र सगरमाथा इन्स्योरेन्स कम्पनी लि.बीच बिहीबार बैंकासुरेन्स सेवा सम्वन्धि संझौता भएको हो ।

नेपाल क्रेडिट एण्ड कमर्श बैड्ढका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षत्रीले बैंकासुरेन्स सेवा सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका सम्पूर्ण शाखा÷उपशाखा तथा एक्स्टेन्शन काउण्टर कार्यालय मार्फत नेपाल क्रेडिट एण्ड कमर्श बैंकका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखाहरुबाट छिटो छरितो तथा सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमाशूल्क भूक्तानी गर्न र दावी भूक्तानी प्राप्त गर्न सहज हुनुका साथै सम्पूर्ण प्रकारको निर्जिवन बीमा सेवा प्राप्त गर्न सहज हुने बैंकले जनाएको छ ।

प्रकाशित : ११ माघ २०७५, शुक्रबार ११:१९