ग्लोबल आइएमई बैंककाे नाफा बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंककाे नाफा बढ्याे



काठमाडौ। ग्लोबल आइएमई बैंकले ६ महिनामा २१ करोड रुपैयाँ मात्र नाफा वृद्धि गर्न सफल भएको छ । यो अवधिमा बैंकले ११२ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा बैंकले २१ करोडले वृद्धि गरेको हो ।

बैंकले पुस मसान्त अवधीमा २ अर्ब ३८ करोड नाफा आर्जन गरेको छ जुन असोज मसान्तमा जम्मा १ अर्ब २० करोड मात्रै थियो । बैंकले पुस मसान्त अवधीमा ११३ अर्ब निक्षेप संकलन गरेर १०२ अबै कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो भने ७९.०६ प्रतिशत पुगेको छ ।१० अर्ब ३१ करोड चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकको जगेडा कोषमा ४ अर्ब ४८ करोड रुपैंयाँ रहेको छ

प्रकाशित : ११ माघ २०७५, शुक्रबार ११:०८