काठमाडौं । लामाे समयदेखि अड्किएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड माघ २७ गतेबाट सञ्चालनमा आउने भएको छ। सर्बोच्च अदालतले दोस्रो पटक कम्पनीको पक्षमा फैसला गर्दै कम्पनीलाई लाइसेन्स दिन बिमा समितिको नाममा आदेश जारि गरेपछि कम्पनी संचालनमा आउने बाटो खुलेको हो ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भईसकेका छन् । कम्पनीको जारी पूँजी २ अर्ब रुपैयाँ छ। जस मध्ये संस्थापकको १ अर्ब ४० करोड रहेको छ । कम्पनीको संस्थापकको रुपमा मेगा बैंक, ज्योति विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक, ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक समेत रहेका छन्। कम्पनीले ६० करोडको आईपिओ जारि गर्ने छ ।
कम्पनीले आगामी चैतसम्म १३ वटा र आगामी असारसम्म २५ वटा शाखा संचालनमा ल्याउने लक्ष्य लिएको छ ।






Comment