नेप्सेमा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा सामान्य गिरावट



काठमाडौ । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ दशमलव ५६ अंकले घटेर १ हजार १ सय ७८ दशमलव ८७ को बिन्दुमा कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ४८ अंकले घटेर २ सय ५० दशमलव ०६ को बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन कुल १ सय ५८ कम्पनीको ७ लाख ९७ हजार ६१३ कित्ता शेयर खरिदबिक्री हुँदा २७ करोड ६९ लाख ५६ हजार ३०१ रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । जसको आज २ करोड ६१ लाख ७० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रकाशित : १९ पुष २०७५, बिहीबार १५:३६