बैकहरूलाई सहायक कम्पनीमार्फत सेयर खरिद–बिक्री कारोबारको अनुमति प्रदान गर्ने प्रक्रिया अगाडि बढाउन नेपाल स्टक एक्सचेन्जलाई धिताे पत्र बाेर्डकाे निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैकहरूलाई सहायक कम्पनीमार्फत सेयर खरिद–बिक्री कारोबारको अनुमति प्रदान गर्ने प्रक्रिया अगाडि बढाउन नेपाल स्टक एक्सचेन्जलाई धिताे पत्र बाेर्डकाे निर्देशन



काठमाडौ । नेपाल धितोपत्र बोर्डले बैकहरूलाई सहायक कम्पनीमार्फत सेयर खरिद–बिक्री कारोबारको अनुमति प्रदान गर्ने प्रक्रिया अगाडि बढाउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ ।

अर्थमन्त्रालयले गठन गरेको मुद्रा तथा पुँजी बजार सुधार अध्ययन समितिले बुझाएको प्रतिवेदनअनुसार बोर्डले नेप्से र सिडिएस एन्ड क्लियरिङलाई कम्पनीलाई  निर्देशन दिँदै बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो । त्यस्तै, काठमाडौं उपत्यकाबाहेकका स्थानीय स्तरमा पनि धितोपत्र दलाल व्यवसायीको अनुमति प्रदान गर्ने कार्य अगाडि बढाउन पनि निर्देशन दिएको छ ।

प्रकाशित : १९ पुष २०७५, बिहीबार १४:०३