काठमाडाै। घलेम्दी हाइड्रो लिमिटेडको बिहीबार (अाज) देखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाले नकिनेको ४ लाख ५५ हजार ७७० कित्तासमेत गरी कुल १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला भएको हो । यो आइपीओमा पुस २३ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर नबिकेमा भने माघ १८ गतेसम्म भर्न पाउने व्यवस्था छ ।
यता, २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यसमा सी–आस्वा प्रणालीबाट आवेदन दिन सकिनेछ । घलेम्दीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले कमजोर आधार जनाउने ‘ग्रेड ५’ रेटिङ दिएको छ । यो आइपीओको बिक्री प्रबन्धक भिबोर क्यापिटल हो । यसको जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ ।






Comment