मुक्तिनाथ विकास बैंकद्धारा कुमारी टोल सुधार समितिलाई आर्थिक सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकद्धारा कुमारी टोल सुधार समितिलाई आर्थिक सहयोग



काठमाडाै । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वैधानिक गैर नाफामूलक संस्था कुमारी टोल सुधार समितिलाई नगद सहयोग गरेको छ । बैंकले समितिलाई कुमारी मन्दिर परिसरमा सि.सि.टि.भी जडान गर्नका लागि ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक कुमारी टोल सुधार समितिकी दिपेश अधिकारीले ग्रहण गरेका थिए ।

कुमारी टोल सुधार समितिले समय समयमा विभिन्न सामाजिक कार्यहरु गर्र्दै आईरहेको छ र हाल, कुमारी मन्दिर परिसरमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा केन्द्रित रहेको छ ।

प्रकाशित : १७ पुष २०७५, मंगलवार १०:०५