नेप्सेमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडाै । नेपाल स्टक एक्स्चेन्ज नेप्सेमा सोमबार दोहोरो अंकको गिरावट देखिएको छ । कारोबार शुरु भएको दिन आइताबार सामान्य अंकले घटेको नेप्से सोमबार भने १७ अंकले घटेको हो ।

सोमबार नेप्से परिसुचक १७.२६ अंकले घटेर १,१८७.२८ विन्दुमा कारोबार बन्द भएको छ । कुल १६७ कम्पनीहरुको ११,७९,०४३ कित्ता सेयर खरिद बिक्री हुँदा ४० करोड भन्दा बढीको कारोबार भएको छ । सोमबार सबै भन्दा धेरै नेस्नल लाईफ इन्सोरेन्स कम्पनीको २ करोड ८८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै जेविस् फाईनान्सका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । जसको सेयर मुल्य ४.९० अंकले बढेको छ भने सर्वाधिक गुमाउनेमा महिला संस्थान माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरु रहेका छन् । संस्थाको सेयर मुल्य ८.ं२४७४२ प्रतिशतले घटेको छ ।

यसैगरि सोमबार नेप्सेमा सुचिकृत १० वटा समुह मध्ये ३ वटा समुहको परिसुचक बढेको छ भने बाँकी ७ वटा समुहको परिसुचक घटेको छ । परिसुचक बढ्नेमा जलविद्युत समुह, फाईनान्स समुह र उत्पादन तथा प्रशोधन समुह रहेका छन् ।

प्रकाशित : १६ पुष २०७५, सोमबार १६:०५