काठमाडौं / नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता एवं आइएमएस ग्रुपअन्तर्गतको आइएमएस मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा स्याङयोङ नयाँ वर्ष मेगा एक्सचेन्ज योजना ल्याएको छ ।
योजनाअन्तर्गत ग्राहकले आफ्नो कुनै पनि गाडीसँग स्याङयोङ ब्रान्डको नयाँ एसयुभी साट्न सकिने कम्पनीले जनाएको छ । यसरी पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्ने ग्राहकले चार लाखसम्मको छुट पाउनेछन् ।
कम्पनीले एक्सचेन्ज अफरमा १ वर्षको निःशुल्का बिमा पनि गरिदिनेछ । ग्राहकले गाडी खरिद गर्दा झन्झटरहित फाइनान्स सुविधा पनि प्राप्त गर्नेछन् । त्यस्तै, आव २०७५÷७६ को करसमेत कम्पनीले नै तिरितिने कम्पनीले जनाएको छ । तीन वर्षसम्म वारेन्टी सुविधा (६० किलोमिटर) रहेको गाडीमा पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सेवा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
स्याङयोङ, दक्षिण कोरियाको सबैभन्दा अभिनव र उन्नत एसयुभी ब्रान्ड ओटोमोबाइल निर्माता हो । सन् १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागि सम्मानित हँुदै आएको छ । यसको एक मात्र कारण कम्पनीको गुणस्तरीय इन्जिनियरिङ हो । कम्पनीसँग लक्जरी कारहरू, एसयुभीहरू, पिकअप ट्रक र एमपिभीहरू छन् । कम्पनीले संसारभर करिब १६ सय ५८ अधिकृत बिक्रेतामार्फत एक सय २८ वटा देशमा निर्यात सञ्जाल बनाएको छ ।






Comment