पूर्णिमा विकास बैंक र महुली सामुदायिककाे मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पूर्णिमा विकास बैंक र महुली सामुदायिककाे मूल्य समायोजन



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पूर्णिमा विकास बैंकको बोनस शेयरपछि मूल्य समायोजन भएको छ ।

बैंकको पाँच प्रतिशत बोनस शेयरपछि कम्पनीको प्रतिकित्ता १५९ रुपैयाँमा मूल्य समायोजन भएको हो । सो बैंकको औसत आधार मूल्य २२६ रहेको थियो ।

महुली सामुदायिककाे पनि समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा महुली सामुदायिक लघुवित्तको शेयर २० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता १२८३ रुपैयाँमा मूल्य समायोजन भएको छ । उक्त कम्पनीको औसत आधारमूल्य १२१५ रहेको थियो । यसअघि हिमालयन बैंक र मेगा बैंक नेपालको पनि सोेमबार नै मूल्य समायोजन गरिएको थियो ।

प्रकाशित : १६ पुष २०७५, सोमबार १४:४६