मुक्तिनाथ विकास बैंक .र नेपाल क्यान्सर अस्पताल बीच सहकार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुक्तिनाथ विकास बैंक .र नेपाल क्यान्सर अस्पताल बीच सहकार्य



काठमाडौ । मुक्तिनाथ विकास बैंक लि र नेपाल क्यान्सर अस्पताल बीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेल र नेपाल क्यान्सर अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले नेपाल क्यान्सर अस्पताल हरिसिद्विमा उपचार गराउँदा विभिन्न तोकिएका सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।


मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग तथा लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।


मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग तथा लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : ९ पुष २०७५, सोमबार १९:४३