काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनको आइपीओ मंसिर ११ गते मंगलबार बाँडफाँट हुने भएको छ । तामाकोशीको शेयर बिक्री प्रबन्धकले धितोपत्र बोर्डसँगको छलफलपछि सो मिति निर्धारण गरेको हो । तामाकोशीको आइपीओमा थुप्रैले दोहोर्याएर आवेदन दिएको भेटिएपछि बाँडफाँटमा केही विलम्ब हुन गएको बिक्री प्रबन्धकको भनाई छ ।
कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म कूल पूँजीको १५ प्रतिशतले हुन आउने एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था थियो ।
Comment