सिटिजन्स बैंक बन्ड–२०८५ को बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंक बन्ड–२०८५ को बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलकाे सिटिजन्स बैंक बण्ड–२०८५काे निष्कासनको निम्ति ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ताले हुुन आउने २ अर्ब ५० करोडबराबरकाे बण्ड निष्कासन गर्न लागेकाे  हाे ।

ऋणपत्र निष्कासन सम्बन्धी सम्झौता पत्रमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् ।

२ अर्ब ५० करोड बराबरका ऋणपत्रमध्ये ८० प्रतिशत (रु २ अर्ब) व्यक्तिगत र २० प्रतिशत (रु ५० करोड) सर्वसाधरणका लागि नेपाल धितो पत्र बोर्डको स्वकृतिपश्चात् निष्कासन तथा बिक्री खुला गरिने बैंकले जनाएको छ । ।

प्रकाशित : ३ मंसिर २०७५, सोमबार १४:२८