लुम्विनी विकास बैंक र विवेक अटोमोवाईल्स प्रालीबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लुम्विनी विकास बैंक र विवेक अटोमोवाईल्स प्रालीबीच सम्झौता



काठमाडौं । लुम्विनी विकास बैंक र विवेक अटोमोवाईल्स प्रालीबीच सम्झौता भएको छ । बैंकले आफ्नो ग्राहकलाई पियाजियो सवारी साधन खरिद गर्न हायर पर्चेज कर्जा उपलव्ध गराउने उद्देश्यले सो सम्झौता गरेको हो ।

उक्त सम्झौतामा बैंकका प्रमूख कार्यकारी अधिकृत नरेश सिंह वोहरा र विवेक अटोमोवाईल्स कम्पनीका अध्यक्ष विवेक दूगडले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार ग्राहकले बैंकका सबै शाखामार्फत पियाजियो ४ पाङग्रे सवारी साधन खरिद गर्न हायर पर्चेज कर्जा सेवा सहज रुपमा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : ३ मंसिर २०७५, सोमबार १२:०४