काठमाडाै । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रामचन्द्र जोशीको कार्यकाल थपिएको छ । बैंक सञ्चालक समितिको कात्तिक २८ गते बसेको २१७ औँ बैठकले जोशीको कार्यकाल थप्ने निर्णय गरेको हो ।
जोशीको पदावधी यही मंसिर १९ गतेबाट सकिने भएकाले लघुवित्तले उनको कार्यकाल आगामी एक वर्षसम्मलाई थपेको हो ।कार्यकाल थप पश्चात जोशीले प्रमुख कार्यकारी अधिकृतका रुपमा यस छिमेक लघुवित्तको सम्पुर्ण कार्यभार सम्हाल्नेछन् ।
Comment