प्राइम बैकको नाफा ४५ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम बैकको नाफा ४५ प्रतिशतले बढ्यो



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नेपाल फाइनान्सियल रिर्पो्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) प्रणाली अनुसार चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासमा खुद मुनाफामा ५८ करोड १९ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४५ दशमलव ५० प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा ३९ करोड ९९ लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी भएको प्राइम कमर्सियल बैंकले जगेडाकोषमा ३ अर्ब ९७ करोड ६० लाख रुपैयाँ छुटाएको छ । बैंकको निक्षेपमा ७६ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ संकलन गरी कर्जा ७२ अर्ब ३३ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ जुन गत वर्षको तुलनाभन्दा २२ दशमलव ०३ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकको खुद व्याज आम्दानीमा ७० दशमलव १७ प्रतिशतले बढेर ९७ करोड २ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ५१ दशमलव ३६ प्रतिशतले वृद्धि गरी ८३ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

बैंकको जोखिम युक्त सम्पति १२ दशमलव १७ प्रतिशत, निष्कृय कर्जा १ दशमलव ४१ प्रतिशत, प्रतिशेयर आम्दानी २८ दशमलव ९८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ११ दशलमव ४६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४९ दशमलव ४९ रुपैयाँ र तरलता अनुपात २० दशमल ४४ प्रतिशत रहेको छ ।

प्रकाशित : ३० कार्तिक २०७५, शुक्रबार ११:३८