कुमारी बैंकको नाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकको नाफा कति ?



काठमाडौ । कुमारी बैंक लिमिटेडले ने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा ३५ करोड २९ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनामा १९३ दशमलव २४ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिको तुलनामा १२ करोड ३ लाख रुपैयाँ कमाएको थियो ।

बैंकको चुक्ता पुँजी ५ अर्ब ९६ करोड ९४ लाख रुपैयाँबाट ७ अर्ब १६ करोड ३० लाख रुपैयाँ पुर्याएको छ भने जगेडाकोषमा ३ अर्ब ९५ करोड ४८ लाख रुपैयाँ छुटाएको छ । बैंकले निक्षेपमा ७२ अर्ब ४९ करोड ८२ लाख रुपैयाँ संकलन गरी कर्जामा ६७ अर्ब ८२ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ । जसले अघिल्लो वर्षको तुलनामा कर्जामा ४५ दशमलव ६५ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको खुद व्याज आम्दानीमा १०६ दशमलव ८३ प्रतिशतले बढेर ८१ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ भने संचालन मुनाफामा १६३ दशमलव १५ प्रतिशतले वृद्धि गरी ५० करोड रुपैयाँ आर्जन गरेको छ । खुद व्याज आम्दानी तथा संचालन मुनाफा बढाएको हुँदा नाफामा पनि वृद्धि गरेको हो ।

बैंकको जोखिम युक्त सम्पत्ति १२ दशमलव ९८ प्रतिशत, निष्कृय कर्जा १ दशमलव १४ प्रतिशत, कर्जा निक्षेप अनुपात ७९ दशमलव ९१ प्रतिशत, आधार ब्याजदर ११ दशमलव ०९ प्रतिशत र कोषको लागत ७ दशमलव ९१ प्रतिशत छ ।
बैंकको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७१ पैसा, मुल्य आम्दानी अनुपात १२ दशमलव ८९ गुणा, प्रतिशेयर नेटवर्थ १५५ दशमलव २१ रुपैयाँ र तरलता अनुपात २१ दशमलव १७ प्रतिशत रहेको छ ।

प्रकाशित : २८ कार्तिक २०७५, बुधबार १२:०५