नेपाल टेलिकमले नेपालीहरुको आसन्न महान चाड विजया दशमीलाई लक्षित गदौं विगत वर्षहरुमा जस्तै गरि पाँच सेक्टरमा अफर सार्वजनिक गरेको छ । टेलिकमले अनलिमिटेड प्याकदेखि रिचार्ज बोनससम्म दसैं योजना सार्वजनिक गरेको छ ।
अनलिमिटेड प्याकः अनलिमिटेड प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । ६ सय रुपैयाँमा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइने कम्पनीले जनाएको छ । ।
प्याक अन्तर्गत १ जीबी पिक आवर (विहान ६ बजेदेखि राती १० बजेसम्म) र १ जीबी अफपिक आवर (राती १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिन्छ । सोही प्याक ७ दिन समयावधिका लागि मात्र ३ सयमा समेत उपलब्ध हुनेछ । प्याक लिने उपभोक्तालाई वाउटाइम ९र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध टेलिकमले जनाएकोछ ।
भ्वाइस प्याकः भ्वाइस प्याकमा टेलिकमले ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सक्ने छन् । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म र भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न बताइएको छ ।
डाटा प्याकः डाटा भ्वाइसप्याकमा ३६ एमबी डाटा ६ रुपैयाँमा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सक्ने जनाइएको छ ।
टेलिकमले यो अफरलाई असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न विज्ञप्तिमा उल्लेख छ ।
रिचार्जमा बोनसः आगामी असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने भएको छ ।
सय र दुई सयको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत र पाँच सय हजारको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुने छ । सयको र दुई सयको बोनस तनि दिन भित्र र हजार को बोनस ५ दिन भित्र उपभोग गरिसक्नु पर्ने टेलिकमको भनाई छ । त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र सो बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ ।
एडीएसएल /एफटीटीएच/वाइम्याक्स
आगामी असोज ३० देखि कात्तिक ६ गते सम्म एडीएसएल÷एफटीटीएच÷वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गते सम्म थप गरिने टेलिकमले जनाएको छ ।
Comment