काठमाडाैँ । हाम्रो विकास बैंकले लाभांश दिने भएकाे छ । बैंककाे संचालक समितिको साउन १४ गते बसेको बैठकले नगद र बोनस गरी कुल १०.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले २.४० प्रतिशत बोनस शेयर तथा कर सहित ७.९१४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।
Comment