काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश दिने भएको छ । बैंकको भदाै १३ गते बसेको सञ्चालक समितिकाे बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब ३७ करोड ८६ लाख १५ हजार ४०० रुपैयाँको आधारमा १८% बोनस सेयर दिने निर्णय गरेको हो र बोनस सेयरमा लाग्ने कर तिर्न ०.९५% नगद लाभांश पनि दिने भएको छ । शाइनले २४ करोड ८१ लाख ५० हजार ८०० रुपैयाँ बोनस र १ करोड ३० लाख ६० हजार ५६८ रुपैयाँ नगद लाभांश दिने भएकाे छ ।
लगानिकर्ताले साे बोनस र नगद लाभांश नेपाल राष्ट्र बैंक र रेसुंगाको आगामी वार्षिक साधारण सभाले स्कीकृति गरेपछि मात्र पाउने छन् ।
30 August, 2018 11:38 am





Comment