एनआईसी एसिया ग्रोथ फण्डको सम्पत्ति बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एसिया ग्रोथ फण्डको सम्पत्ति बढ्यो



काठमाडौं । एनआईसी एसिया ग्रोथ फण्डको सम्पत्ति गत साउनमा बढेको छ । फण्डले सार्वजनिक गरेको साउनको वित्तीय विवरणमा खुद सम्पत्ति १ करोड ४४ लाख रुपैयाँ बढेको देखाएको छ ।

गत साउनमा प्रतिईकाई खुद सम्पत्ति १७ पैसा बढेर १० रुपैयाँ १७ पैसा पुगेको छ । खुदसम्पत्ति ८३ करोड ५२ लाख रुपैयाँ रहेकोमा साउनमा बढेर ८४ करोड ९६ लाख रुपैयाँ पुगेको फण्डले जनाएको छ ।

प्रकाशित : १३ भाद्र २०७५, बुधबार १४:१९