प्रभु बैंकले ५ दिनभित्र १० करोड रुपैयाँसम्म कर्जा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकले ५ दिनभित्र १० करोड रुपैयाँसम्म कर्जा दिने



काठमाडौं । प्रभु बैंकले ५ दिनभित्र १० करोड रुपैयाँसम्म कर्जा दिने भएको छ । बैंकले साना तथा मझौला व्यवसाय प्रवद्र्धन गर्नका लागि प्रभु एसएमई योजनामार्फत १० करोड रुपैयाँसम्म कर्जा लगानी योजना ल्याएको हो ।

बैंकले न्युनतम ५ लाखदेखि कर्जा लगानी हुने छ । बैंकले उद्योग, व्यापार, सेवा र कृषि क्षेत्रलाई लक्षित गरी कर्जा योजना ल्याएको हो । यो सेवा बैंकको सबै शाखाबाट पाइने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

प्रकाशित : १३ भाद्र २०७५, बुधबार १४:१४