काठमाडौं । ङादी गु्रप पावरको साधारण सभा असोज ४ गते हुने भएको छ । कम्पनीले साउन ३१ गते बसेको संचालक समतिको बैंठकले भदौं २७ गते गर्ने भने साधारण सभा विशेष कारणले असोज ४ गते हुने भएको छ ।सभा अमृतभोग क्याटरर्स, कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।साधारण सभाकाे लागि ङादीले भदौ १४ गते दर्ता किताब बन्द हुने भएकाे छ ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष ७५–७६ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने अर्को एजेन्डा पनि पेश हुनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।
Comment