सामसुङ महा एक्सचेन्ज अफर, जुनसुकै पुरानो मोबाइलको न्यूनतम मूल्य १ हजार मात्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

सामसुङ महा एक्सचेन्ज अफर, जुनसुकै पुरानो मोबाइलको न्यूनतम मूल्य १ हजार मात्र



काठमाडौं / न्यूरोड, ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको नेपालको चर्चित मोबाइल एक्सचेन्ज कम्पनी ईजी मोबाइल केयरले ग्राहकहरुको मागलाई ध्यानमा राखेर जुनसुकै ब्राण्डको मोबाइल फोनहरु सामसंगको स्मार्टफोनसँग साट्ने एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।

कम्पनीले जुनसुकै फोन जस्तो अवस्थामा ल्याएमा पनि न्यूनतम मूल्य रु १,००० बाट शुरु हुने गरि मूल्यांकन गर्नेछ ।त्यस्तै एक्सचेन्जमा किनेको फोनमा कम्पनीले थप १ वर्षको वारेन्टी समेत उपलब्ध गराउनेछ भने कम्पनीबाट खरिद गरिएको फोन बिग्रीएमा घरबाटै पिकअप एण्ड ड्रपका साथै मर्मतको सुविधा दिनेछ ।

यसको साथसाथै कम्पनीले ग्लोबल बैंक, मेगा बैंक, सेन्चुरी बैंक, कुमारी बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंकसँग सहकार्य गरि सो बैंकका क्रेडिट कार्ड होल्डरहरुलाई समेत ६ महिना, १२ महिना, १८ महिनाको किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउँदै आएको छ ।
ईजी मोबाइल केयरका संचालक संजित पौडेलका अनुसार ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर किस्ताबन्दीको सुविधा काठमाडौं उपत्यका विभिन्न पसलहरुसँगको सहकार्यमा आधिकारिक च्यानल पार्टरहरु बिस्तार गर्दै आएको छ । र देशैभरी नै किस्ताबन्दी सेवा च्यानल पार्टरहरुसँग मिलेर बिस्तार गर्न लागेको छ ।

यस अफरका विशेषताहरु
१. जुनसुकै पुरानो मोबाइल फोनको न्यूनतम मूल्य रु १,००० हुनेछ ।
२. नोट नाइनको प्रि बुकिंग गर्न सकिने छ ।
नेपालमा मोबाइल सर्भिस तथा बिक्रीमा ख्याति कमाएको यस कम्पनीले यो सेवा हाल काठमाडौं उपत्यकाका लागि शुरु गरीसकेको छ भने आगामी दिनमा देशैभर लैजाने योजना लिएको छ । ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै शुल्क नलाग्ने टोल फ्री नम्बर १६६००१२२९९९ पनि उपलब्ध गराएको छ ।
यस कम्पनीले रु.१ तिरेपछि मासिक किस्ताबन्दीमा स्मार्टफोनहरु उपलब्ध गराउने योजना सफलतापूर्वक संचालन गर्दै आईरहेको छ ।

प्रकाशित : ६ भाद्र २०७५, बुधबार ११:१४