काठमाडौं । आधा दर्जन सल्लाहाकारको वरिपरि घुमेर हिंड्ने क्रान्तीकारी कृषि मन्त्री हरिबोल प्रसाद गजुरेल आफ्नो मन्त्रालयको चिरा परेको पत्तै पाएनन् । कृषि विकास मन्त्रालयको स्रोत र साधान प्रयोग गरेर सुर्खेत लगायतका जिल्ला भ्रमणमा निस्किएका उनले सुर्खेतमा रहँदा नै गाउँसम्म सेवाकेन्द्र र ठूलो जनशक्ति रहेको कृषि मन्त्रालयको आधा भाग मात्र स्याहार्नु पर्ने अवस्था आएको छ ।
कृषि विकास मन्त्रालय मातहतमा सञ्चालनमा रहेका अनुदानमुखि आयोजनाहरुलाई आफ्नो पकडमा पार्ने दाउमा रहेका उनलाई पशु सेवाका क्षेत्रमा अथाह धन छ भन्ने सल्लाह दिएका उनका वरिष्ठ सल्लाहाकार नारायाणकाजीका भतिज डा शितलकाजी श्रेष्ठ, शाखा अधिकृतको तलब खाएर राज्य मन्त्रीको हैसियत हात पारेका बीउव्यापारी नहेन्द्र खड्का लगायतका सल्लाहकारहरुको चिल्लीबिल्ली अवस्था भएको साँघुले लेखेको छ ।
कृषि विकास मन्त्रालयलाई फुटाएर पशु विकास मन्त्रालय बनाएर सो मन्त्रालय एमालेको भागमा परेपछि कमरेडका पीएहरुलाई अहिले रुनु न हाँस्नुको भएको छ ।
Comment