मार्केट डेफ्थको जानकारी वेवसाइटबाटै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मार्केट डेफ्थको जानकारी वेवसाइटबाटै



काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आइतबारबाट मार्केट डेफ्थ प्रणाली हेर्न मिल्ने सुविधा वेवसाइटमा थपेको छ । एक्सचेञ्जले आफ्नो आधिकारिक वेवसाइटमा मार्केट डेफ्थ नामक छुट्टै लिंक नै राखेर फ्लोर सिट हेरे जस्तै गरी बजार खुला हुँदाको समयमा खास कम्पनीको के कति शेयरको माग अर्थात किन्न खोजिएको छ र के कति शेयरको आपूर्ति अर्थात बिक्री गर्न खोजिएको छ भन्ने जानकारी पाउन सक्छन् ।
मार्केट डेफ्थ भनेको कुन कम्पनीको कति कित्ता सेयर कति मूल्यमा बिक्रिमा छ र कति कित्ता कति मूल्यमा खरिदमा छ भनेर एक मुष्टरुपमा देखिने अनलाइन टेबल हो । कारोबार समयमा यो टेवलमा लगानीकर्ताबाट ब्रोकरहरुले पाएको खरिद बिक्री आदेश एकमुष्ट रुपमा देखिन्छ ।
नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई मार्केट डेफ्थको बारेमा जानकारी उपलब्ध गराउन निर्देशन दिएपछि नेप्सेले केही समयको प्राविधिक परिक्षण पश्चात सो जानकारी वेवसाइटमा उपलब्ध गराएको हो । नेप्सेले केही दिन अगाडीदेखि नै परिक्षण गरिरहेको थियो । लगानीकर्ताले बजार चालु रहेको अवधिको कुनै निश्चित विन्दुमा कुनै कम्पनीको शेयरको खरिदकर्ताको चाप बढी छ कि बिक्रीकर्ताको चाप बढी छ भन्ने जानकारी वेवसाइटमा गएर लिन सक्नेछन् । यसअघि यस्तो जानकारी शेयर दलालहरुको मात्र पहुँचमा थियो । लगानीकर्ताले दलालमार्फत मात्रै मार्केट डेफ्थबारे जानकारी पाउँथे ।
नेप्सेले आइतबारबाट सामान्य लगानीकर्तालाई बजारमा भएको शेयरको माग र आपुर्तीको बिबरण गराउने लक्ष्य सहित शुक्रबारदेखि नै वेवसाइटमा मार्केट डेफ्थको सेक्सन थप गरेको छ । डब्लुडब्लुडब्लु डट नेपालस्टक डट कम डट एनपी खोले पछि देखिने होमपेजको दायाँ भागमा मार्केट डेफ्थ सेक्सन थप गरिएको छ । उक्त सेस्सनमा क्लिक गरे पछि बजार खुल्ला भएका बेला सर्वसाधारण जो कोहीले पनि बिक्रीमा राखिएका शेयरको संख्या, मुल्य, कम्पनीका साथै शेयर खरिद गर्न चाहनेको विवरण सहजै हेर्न सक्ने छन् ।

प्रकाशित : १२ पुष २०७२, आईतवार ०७:४१