काठमाडाै । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्न सफल भएको छ । बैंकले गत आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ५५ करोड २४ लाख ४८ हजार रुपैयाँ अर्थात ५५.९१ प्रतिशतले नाफा बढाउन सफल भएको छ ।
यो बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ३२ करोड रुपैयाँ कमाएको छ । यस्तो नाफा अघिल्लो वर्ष २ अर्ब ७७ करोड रुपैयाँ मात्रै रहेको बैंकको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।
चुक्ता पूँजी ९ अर्ब रहेको यो बैंकको संचित कोषमा ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । ३१ करोड रुपैयाँ सापटी लिएर चलाएको यो बैंकले गत वर्ष सम्मा १ अर्ब ६९ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २० अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको उल्लेख छ ।
यो बैंकले गत वर्ष व्याज आम्दानीबाट मात्रै १२ अर्ब २० करोड रुपैयाँ कमाएको छ । यस्तो व्याज वापतको खर्च भने जम्मा २ अर्ब रुपैयाँ मात्रै भएको थियो ।
यो बैंकको संचालन मुनाफा ४ अर्ब ८० करोड रुपैयाँ छ । निष्कृय कर्जा अनुपात ४.२५ प्रतिशत रहेको यो बैंकको सीडी रेसियो ६६.८४ प्रतिशत छ ।






Comment