ग्लोबल आइएमएई लघुवित्तले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमएई लघुवित्तले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने



काठमाडाै । ग्लोबल आइएमएई लघुवित्त बित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।

कम्पनीको साउन ३० गते बसेको ८१ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशतको दरले बोनस सेयर वितरणको घोषणा गरेको हो ।

यो हिसाबले यो लघुवित्त संस्थाले १ करोड ४४ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । हाल यो कम्पनीको चुक्तापूँजी ९ करोड ६० लाख ५० हजार रुपैयाँ रहेको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ११ करोड भन्दा बढी पुग्नेछ ।

कम्पनीले सेयरधनीलाई बोनस सेयरको कर प्रयोजनका लागि ७ लाख ५८ हजार २ सय ८९ रुपैयाँ बराबरको नगद लाभांश समेत वितरण गर्नेछ ।

प्रकाशित : ३१ श्रावण २०७५, बिहीबार ११:५१