प्रभु लाइफ तथा एनआईसी एसिया बैंक लि. बीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु लाइफ तथा एनआईसी एसिया बैंक लि. बीच सम्झौता



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लि. तथा एनआईसी एसिया बैंक लि. बीच बैंकासुरेन्स गर्ने सम्झौता सम्पन्न भएको छ । यसबाट अब प्रभु लाइफ इन्स्योरेन्स लि. मा जीवन वीमा गर्ने ग्राहकवर्गलाई जीवन वीमा सम्बन्धि सेवाहरु एनआईसी एसिया बैंक लि. को प्रधान कार्यालय तथा यसका हाल सञ्चालित सम्पूर्ण शाखाहरु मार्फत समेत उपलब्ध हुने विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

उक्त सम्झौतामा प्रभु लाइफ इन्स्योरेन्स लि. का नि. प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने तथा एनआईसी एसिया बैंक लि. का नि. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गरेका थिए ।

प्रकाशित : ३० श्रावण २०७५, बुधबार १६:०९