मुक्तिनाथ विकास बैंक र ब्लु क्रस अस्पतालबीच सहकार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंक र ब्लु क्रस अस्पतालबीच सहकार्य



काठमाडौ । मुक्तिनाथ विकास बैंक लि र ब्लु क्रस अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ब्लु क्रस अस्पतालको तर्फबाट सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले ब्लु क्रस अस्पताल त्रिपुरेश्वरमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९५वटा शाखा, १७ वटा ए.टि.एम. र तीन लाख पचहत्तर हजार ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, भिसा ए.टि.एम.कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : २७ श्रावण २०७५, आईतवार १४:४४