प्राईम लाईफ इन्स्योरेन्स बीमाशुल्क कति बढ्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राईम लाईफ इन्स्योरेन्स बीमाशुल्क कति बढ्यो ?



काठमाडौ । प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक बर्ष २०७४÷७५ मा बीमाशुल्क आर्जन १६ प्रतिशतले बढेको छ । गत आवको असारमसान्तसम्ममा कम्पनीले २ अर्ब ३७ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब ४ करोड रुपैयाँ बीमाशुल्क गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको गत आवको चौथो वित्तिय विवरण अनुसार गत आवको अन्त्यसम्मा कम्पनीमा ५ लाख ८६ हजार ५४० बीमालेख कायम रहेको छ । गत आवको सोही अवधिमा कमपनमिा ४ लाख ६७ हजार ८६३ बीमालेख कायम रहेको थियो। त्यस्तै, गत आवको अन्त्यसम्ममा कम्पनीले ४० करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो । कम्पनीले १ हजार ४८८ दाबी बापत उक्त रकम भुक्तानी गरको हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३६ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आवको चोथौ त्रैमाससम्ममा कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम ८१ लाख १९ हजार रहेको छ ।

कम्पनीले ३४ वटा दाबीको भुक्तानी गरेको छैन । कम्पनीको जगेडा कोष ८ प्रतिशतले बढेर ९६ करोड ३४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जोड कोष ८८ करोड ८० लाख रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोष भने ३५ प्रतिशतले बढेर ६ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १२ दशमलव १२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४३ दशमलव ७२ रहेको छ । प्रति शेयर नेटवर्थ १५९ दशमलव १४ रुपैयाँ छ भने प्रति शेयर कूल सम्पतीको मूल्य ५७४ दशमलव ९० रुपैयाँ रहेको छ ।

प्रकाशित : २५ श्रावण २०७५, शुक्रबार १५:५३