मुक्तिनाथ विकास बैंक लि को आर्थिक बर्ष २०७४÷०७५ को प्रगती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

मुक्तिनाथ विकास बैंक लि को आर्थिक बर्ष २०७४÷०७५ को प्रगती

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आ.व.०७४÷०७५ सम्ममा रु.३० अर्ब ३५ करोड निक्षेप संकलन र रु.२५ अर्ब २६ करोड कर्जा लगानी गरी सञ्चालन मुनाफा रु.१ अर्ब २ करोड गरेको छ ।

विकास बैंकको माझमा यस विकास बैंकले उत्साहजनक बृद्धि र उत्कृष्ठ प्रतिफल रहेको जनाएको छ । बैंकले निक्षेप तर्फ गत आर्थिक वर्षको तुलनामा ८१ प्रतिशत र कर्जा प्रवाहमा ६५ प्रतिशतले बृद्धि गरी सञ्चालन मुनाफा ३३ प्रतिशतले बृद्धि गर्न बैँक  सफल भएको छ ।

बैंकको निष्कृय कर्जा अनुपात गत वर्ष भन्दा अझै कम गर्दै ०.००४४ प्रतिशत कायम गर्न सफल रहेको छ । बैंकको प्रति सेयर आम्दानी रु २२.२२ रुपैया रहेको छ । बैंकले आफूलाई विकास बैंकको माझमा नियमित कारोबारबाट नै संभावित नोक्सानी ब्यवस्था अगाडीको सञ्चालन मुनाफा रु १ अर्ब भन्दा बढी गरी निक्षेप र कर्जा तर्फ पनि अग्रणी विकास बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ । गत वर्षहरुको उपलब्धिलाई निरन्तरता दिंदै आगामी वर्षहरुमा थप सेवा सुविधा बृद्धि गर्दै लैजाने बंैकले लक्ष्य लिएको छ । हाल बैंकले ९५ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : १८ श्रावण २०७५, शुक्रबार १६:३३ 3 August, 2018 4:33 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।