सिटिजन्स बैंकको एफपीओ बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंकको एफपीओ बिक्री खुला



काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रति साधारण शेयर मूल्य १ सयमा एक सय नै प्रिमियम थप गरेर साधारण शेयरको थप सार्वजनिक निष्कासन (एफपीओ) अाजदेखि विक्री खुला भएको छ ।

साउन १५ देखि छिटोमा १८ गतेसम्म र ढिलोमा भदौ १४ गतेसम्म यसो एफपीओका लागि आवेदन दिन पाइने छ ।

बैंकले निष्काशन गरेका एफपीओमा न्युनतम ५० देखि २३ सय कित्तासम्म आवेदन दिन पाइनेछ भने यसको शेयरका लागि प्रति शेयरको मूल्य २ सय रुपैयाँ तोकिएको छ । बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता साधारण शेयरको एफपीओ निष्कासन गरेको हो ।

यो एफपीओ सर्वसाधारणको लागि भएकोले बैंकका संस्थापक, सञ्चालक वा प्रवन्ध सन्चालकले भने आवेदन दिन नपाउने बैंकले जानकारी दिएको छ ।यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड हो ।

प्रकाशित : १५ श्रावण २०७५, मंगलवार ०८:४७