नेप्सेमा ४ अंकको गिरावट,कस्ले कति गुमाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा ४ अंकको गिरावट,कस्ले कति गुमाए ?



काठमाडौँ। बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ४ दशमलव ९२ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको उत्पादनमुलक र जलविधुत समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६८ कम्पनीको ६ लाख २९ हजार ७ सय १७ कित्त सेयर बाट १६ करोड ६१ लाख ६७ हजार ४ सय ३० रुपैयाको कारोबार भएको छ ।

आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाइफ इन्स्योरेन्स समुह ८० दशमलव २२ अंकले ओरालो लागेको छ । आज लाईफ इन्स्योरेन्स समुह २८ दशमलव ०७ अंकले,होटल समुह २० दशमलव ८५ अंकले,लघुवित्त समुह ६ दशमलव ७७ अंकले,फाइनान्स समुह ४ दशमलव ३७ अंकले, विकास बैँक समुह ४ दशमलव २८ अंकले,बैँक समुह ४ दशमलव २७ अंकले र अन्य समुह ० दशमलव ०७ अंकले ओरालो लागेको छ ।
आज जलविधुत समुह र उतपादनमुलक समुह भने उकालो लागेको छ । आज जलविधुत समुह ३ दशमलव ८८ अंकले र उत्पादनमुलक समुह २ दशमलव ९३ अंकले उकालो लागेको छ।

प्रकाशित : ९ श्रावण २०७५, बुधबार १५:३९