काठमाडौँ । बिजनेस युनिभर्सल विकास बैंकले लगानीकर्ताको लागि लाभांस दिने प्रस्ताव गरेको छ । बैंकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ। हाल ९३ करोड ४६ लाख ८९ हजार रुपैया चुक्ता पुंजी रहेको बैंकको बोनस सेयर वितरणपछि १ अर्ब ५ करोड ६९ लाख ९९ हजार चुक्ता पुंजी पुग्ने छ ।
Comment