काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव ८८ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको बैँक,जलविधुत र फाइनान्स समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६४ कम्पनीको ११ लाख ४८ हजार ३ सय ६९ कित्त सेयर बाट २४ करोड २९ लाख ८६ हजार ७ सय ३८ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ। आज उतपादनमुलक समुह १६ दशमलव १२ अंकले ओरालो लागेको छ। आज इन्स्योरेन्स समुह १५ दशमलव ६७ अंकले, हाेटेल समुह ७ दशमलव ४८ अंकले, विकास बैँक समुह ३ दशमलव ४३ अंकले, अन्य समुह २ दशमलव ८६ अंकले र लघुवित्त समुह ० दशमलव ४९ अंकले ओरालो लागेको छ ।
आज फाइनान्स समुहले सबै भन्दा धेरै कमाएको छ । आज फाइनान्स् समुह ३ दशमलव ३३ अंकले उकालो लागेको छ । आज जलविधुत समुह १ दशमलव ६५ अंकले र बैँक समुह ० दशमलव ७१ अंकले उकालो लागेको छ ।
१४ असार २०७५, बिहीबार १५:१९
Comment