पाल्पा । पाल्पाको रामपुर नगरपालिका– ५ र ६ जोड्ने बहखोलामा पक्की पुल बन्ने भएको छ ।
तालपोखरा चिप्लेढुंगा सडकखण्डअन्तर्गत पर्ने बहखोलामा निर्माण हुन लागेको पक्की पुलको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आइतबार शिलान्यास गर्नुभयो ।
नगर प्रमुख थापाले गाउँको विकासका लागि सडक, बिजुलीको अति आवश्यक रहेको बताउँदै तालपोखरा, विजयपुर, किसानबारी, बेझाड बजार क्षेत्रलाई अब रिङरोडको अवधारणाअनुसार काम गरिने बताउनुभयो ।
पर्यटकीय क्षेत्र तालपोखरासँग जोडिएको हँुदा पनि यहाँ पुल निर्माण सम्पन्न भएपछि तालपोखरा घुम्न आउने पर्यटकको आवजावतमा ठूलो राहत मिल्ने उहाँको भनाइ थियो । यस पुल निर्माणका लागि नगर प्रमुख थापाले नगरपालिकाबाट रु पाँच लाख सहयोग गर्ने घोषणा गर्नुभयो ।
रु एक करोड १९ लाखको लागतमा १० मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको पक्की पुल निर्माण गर्ने समितिका सचिव भरतराज देवकोटाले बताउनुभयो ।
Comment