काठमाडौँ ।स्वदेशी तथा विदेशी पर्यटकको आगागमनमा सहज बनाउने उद्देश्यले अमृत क्याम्पसदेखि सञ्चयकोषसम्म बाटो विस्तार गरिएको छ ।
काठमाडौँ महानगरपालिका–२६ को रु एक करोड १० लाखको लागतमा बाटो विस्तार, कालोपत्रे र ढल हाल्ने काम गरिएको हो । उक्त बाटो झण्डै ५०० मिटर लामो छ ।
कामनपा– २६ का अध्यक्ष ख्यामराज तिवारीले एक महिनाभित्र निर्माण गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो, “स्वदेशी तथा विदेशी पर्यटकको आगागमनमा सडक साँघुरो भएको जनगुनासो आएपछि उक्त क्षेत्रमा बाटो विस्तार गरेका हौँ,”–उहाँले भन्नुभयो ।
यसैगरी कुमारी टोल कपुरधारामा सडक डिभिजन कार्यालयको रु एक करोड लागतमा बाटो कालोपत्रे, गल्कोपाखादेखि सगरमाथा चोकसम्म देवु मार्गमा रु २० लाखको लागतमा भत्केको बाटो पुनःनिर्माण भइरहेको अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।
Comment