आठमौजा भन्सार कार्यालय सहयोगीको भरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आठमौजा भन्सार कार्यालय सहयोगीको भरमा



दमक । झापाको गौरीगञ्ज गाउँपालिकास्थित आठमौजा छोटी भन्सार कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ ।

भन्सारमा एक नायब सुब्बासहित दुईजना कार्यालय सहयोगीको दरबन्दी रहे पनि अहिले एक कार्यालय सहयोगी मात्र कार्यरत छन् ।

पछिल्लो समयमा कार्यालय सहयोगी एक्लैले भन्सार पूर्जी काट्न नसक्ने भएपछि उक्त नाका भएर आयात र निर्यात हुने कतिपय सामग्रीको राजश्व घट्दै गएको छ । भारतसँग सीमा जोडिएको सो छोटी भन्सारको स्तरोन्नति गर्नुपर्ने स्थानीयवासीको माग छ ।

गौरीगञ्जको खजुरगाछीमा छोटी भन्सार कार्यालय रहेपनि वैरिया क्षेत्रमा हालसम्म भन्सार कार्यालय छैन् । सो नाकाबाट ठूलो परिमाणमा भारतबाट सामान आयात हुँदै आएको छ । गौरीगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष मखना महतो गैद्दारले उक्त कार्यालयमा कर्मचारी राख्नुपर्ने माग गर्नुभयो ।

उहाँले गौरीगञ्ज वैरिया क्षेत्रमा भन्सार घुम्ती टोली राख्नुपर्ने, रु ५० हजारसम्मको भन्सार काटिनुपर्ने, भारतीय नम्बर प्लेटका गाडी नेपाल प्रवेश गर्दा पट्के पूर्जी काट्न इजाजत दिनुपर्नेलगायत माग गर्नुभएको छ ।

प्रकाशित : १ असार २०७५, शुक्रबार १४:२५