घोडाको टाउकोमा ३५ किलो कोकिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

घोडाको टाउकोमा ३५ किलो कोकिन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

घोडाको टाउकोमा ३५ किलो कोकिन यो सुन्दैमा अनौठो लाग्छ र पत्यारै नलाग्न सक्छ। तर न्युजिल्याण्डमा हालै घोडाको टाउकोबाट यति ठूलो परिमाणमा लागु औषध बरामद भएको हो। न्युजिल्याण्ड पुलिसका अनुसार देशमा अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा कोकिन बरामद गरिएको छ। शंकास्पद घोडाको टाउको फुटाएर हेर्दा प्रहरी नै चकित बनेका थिए। उक्त कोकिन घोडाको अनुहारजस्तै एउटा मूर्तिभित्र लुकाइएको अवस्थामा फेला परेको थियो। बरामद गरिएको कोकिनको मूल्य एक करोड डलरजति रहेको बताइएको छ। उक्त घोडाको मूर्ति गत मे मा मेक्सिकोबाट न्युजिल्यण्डको अकल्याण्डमा ल्याइएको हो।

जसमा ३५ किलो कोकिन लुकाइएको रहेछ।घोडाको टाउकोभित्र कोकिन लुकाएर ल्याउने काममा संलगन रहेको आरोपमा पुलिसले मेक्सिकोका २ जनतथा अमेरिकाका एक जना नागरिकलाई पक्रेको छ। न्युजिल्याण्ड हेराल्डको एक रिपोर्ट अनुसार घोडाको टाउकोवाला मूर्तिको वजन ३ सय ६५ किलो थियो र ३ फिट अग्लो थियो।एजेन्सी

प्रकाशित : २० जेष्ठ २०७५, आइतबार १६:१६ 3 June, 2018 4:16 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।