नेप्सेमा २३ अंकको गिराबट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा २३ अंकको गिराबट



काठमाडौ । साताको पहिलो दिन आइतबार नेप्से परिसुचक २३ दशमलब १९ अंकले घटेर १ हजार ७१ दशमलब ३८ बिन्दुमा कारोबार बन्द भएको छ । क’ वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव ९७ अंकले घटेर २ सय ३१ दशमलव २९ बिन्दुमा कारोबार बन्द भएको छ । बजार खुल्नासाथ ओरालो लागेको नेप्से अन्तमा २३ अंकमा पुगी बजार बन्द भएको छ । आज बजारमा शेलिङ्ग प्रेसर बढी भएको देखिन्छ । भारतले लगाएको अघोषित नाकाबन्दी र राजनिति असिथरताको कारणले देशको आर्थिक पक्ष दिनप्रति दिन कमजोर भएको छ ।

आज १ सय १५ कम्पनीको १ हजार ७ सय ४३ वटा कारोबारबाट ५ लाख ३२ हजार ५ सय ५१ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् भने २४ करोड १७ लाख ७ हजार रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ ।

कारोबारको  रकमका आधारमा साना किसान विकास बैंकको  २ करोड २४ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोसाइटी डेभलपन्ट बैंक को ४८ हजार ८ सय ६७ कित्ता शेयर खरिद विक्रि भएको छ ।

यस्तै नेप्से परिसुचकहरुमो बैंकिङ्ग समुह २ दशमलव ६२, विकास बैंक समुह १ दशमलव ५४ प्रतिशत, फाइनान्स समुह शुन्य दशमलव २७ प्रतिशत, बिमा समुह २ दशमलव ८४ प्रतिशत, अन्य समुह शुन्य दशमलव ३१ प्रतिशत, होटल समुह १ दशमलव ८९ प्रतिशत हाइड्रो समुह १ दशमलव ३४ प्रतिशत र उत्पादन तथान प्रशोधन  समुह १ दशमलव ४४ प्रतिशतले प्रतिशतले घटेको छ ।

आज  अपी हाइडो पावर कम्पनीका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन्  अपी हाइडो पावर कम्पनीको शेयर मुल्य ३ सय ६४ रुपैंयाँ पुगेको छ र  शेयर मुल्य ३३ रुपैंयाँले बढेको छ ।  भने मल्टिीप्ररपोज फाइनान्सका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् ।

प्रकाशित : ६ मंसिर २०७२, आईतवार १२:१९